• बुधबार ४-१३-२०८३/Wednesday 07-29-2026

सल्यानमा मतगणना सम्पन्न, समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

सल्यानमा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। सल्यान प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो स्थानमा आएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले २५ हजार ६६५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो। मुख्य निर्वाचन अधिकृत प्रल्हाद कुमार योगीका अनुसार नेपाल कम्युनिष्ट पार्टी २० हजार ३३९ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाली कांग्रेसले १६ हजार ६९ मत प्राप्त गरेको छ। ८८नेकपा (एमाले)८८ले १४ हजार ९२ मत प्राप्त गरेको छ।

अन्य दलहरूमध्ये नेपाल मजदुर किसान पार्टीले ४० मत, राष्ट्रिय जनमोर्चाले ६९ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीले ८९ मत, नेपाल लोकतान्त्रिक पार्टीले २३ मत, मंगोल नेशनल अर्गनाइजेशनले २८ मत, बहुजन शक्ति पार्टीले १६ मत र नेपाल सद्भावना पार्टीले १२ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाल जनरक्षा पार्टीले २११ मत, राष्ट्रिय गणतन्त्र नेपाल पार्टीले २०० मत, धाम संस्कृति पार्टीले ३१२ मत, सार्वभौम नागरिक पार्टीले १५६ मत, राष्ट्रिय मुक्तिमोर्चा नेपालले १४८ मत र ८८नेपाल कम्युनिष्ट पार्टी (माओवादी)८८ले ६९७ मत प्राप्त गरेका छन्। अन्य साना दलहरूले न्यून मत प्राप्त गरेका छन्।

सल्यानमा कुल १ लाख ६२ हजार ५४५ मतदाता रहेकामा ८३ हजार ८२५ मत खसेको थियो। तीमध्ये ८० हजार ७९० मत सदर भएका छन् भने ३ हजार ३५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार रमेश कुमार मल्ल २३ हजार १८९ मतसहित निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ललित कुमार चन्दले २० हजार ९०४ मत प्राप्त गर्नुभएको छ। मल्लले चन्दलाई २ हजार २८५ मतान्तरले पराजित गर्नुभएको हो।

अन्य उम्मेदवारमध्ये नेपाली कांग्रेसका केश बहादुर विष्टले १७ हजार ५५८ मत र ८८नेकपा (एमाले)८८का गुलाबजंग शाहले १५ हजार ३७३ मत प्राप्त गर्नुभएको छ।

प्रत्यक्षतर्फ सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेकामा ८३ हजार १६७ मत खसेको थियो। तीमध्ये ७९ हजार ४४९ मत सदर भएका छन् भने ३ हजार ४५८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सल्यानले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। रास्वपाका

कर्णालीका मुद्दामा प्रधानमन्त्रीसँग सांसदको ध्यानाकर्षण

कर्णाली प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले प्रदेशको समग्र विकासका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित १५ मन्त्रीद्वारा शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभएलगत्तै मन्त्रिपरिषद्का १५ जना सदस्यले पनि शपथ लिनुभएको छ।राष्ट्रपति कार्यालय,