• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

क्रोसियामा सवारी दुर्घटनामा परी सल्यानका भुवन विकको निधन, शव नेपाल ल्याउन ढिलाइ

वैदेशिक रोजगारीका क्रममा क्रोसियामा सवारी दुर्घटनामा परेका सल्यानको कुमाख गाउँपालिका–७ जिमाली तुरतुरे निवासी २५ वर्षीय भुवन विकको निधन भएको छ। निधन भएको २८ दिन बित्दासमेत उनको शव नेपाल ल्याउन नसकिएको परिवारले बताउनुभएको छ।

परिवारका अनुसार भुवनको मृत्यु गत फागुन १ गते (फेब्रुअरी १३) क्रोसियामा भएको हो। उनका दाजु तिलक विकले दुर्घटनापछि करिब एक सातासम्म परिवारले भुवनको अवस्थाबारे जानकारी पाउन नसकेको र त्यसपछि मात्र उनको निधन भएको जानकारी प्राप्त भएको बताउनुभयो।

हाल भुवनको शव क्रोसियाको नोभा ग्राडिस्का जनरल अस्पतालमा राखिएको छ। दाजु तिलक विकका अनुसार वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहलबाट गत फागुन १४ गते शव नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको भए पनि अहिलेसम्म नेपाल ल्याउन सकिएको छैन। यसले परिवारमा थप पीडा भएको उहाँले बताउनुभयो।

यसैबीच प्रतिनिधि सभा सदस्य रमेश कुमार मल्ल ले सामाजिक सञ्जालमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ। उहाँले सरकारी तहमा हुने ढिलासुस्ती र झन्झटिला प्रक्रियाले आम नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्दै विदेशमा अलपत्र परेको शव यथाशीघ्र नेपाल ल्याउन सरकार, परराष्ट्र मन्त्रालय, अष्ट्रियास्थित नेपाली राजदूतावास भियना तथा वैदेशिक रोजगार बोर्डलगायत सरोकारवाला निकायलाई पहल गर्न आग्रह गर्नुभएको छ।

यस घटनाले वैदेशिक रोजगारीमा रहेका नेपालीको मृत्यु पश्चात् शव स्वदेश ल्याउने प्रक्रियालाई थप छिटो, प्रभावकारी र सहजीकरण गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
 

प्रतिकृया दिनुहोस

फागुनमा स्थानीय तह निर्वाचनको तयारीमा आयोग

निर्वाचन आयोगले आगामी फागुन अन्तिम सातासम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाले कानुनी व्यवस्थाअनुसार

राप्ती लोकमार्गको पहिरो तत्काल हटाउन सांसद मल्लको माग

प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लले राप्ती लोकमार्गमा पहिरोका कारण यातायात अवरुद्ध भइरहेकाले तत्काल पहिरो पन्छाएर सुरक्षित यातायात सञ्चालनको

दस दिन अँध्यारो सुरुङमा,जीवनको उज्यालो लिएर फर्किए सञ्जय र कविर

भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई जनाको १० दिनपछि जीवितै उद्धार गरिएको छ । उद्धार