• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

त्रिवेणीमा ३ हजार ५ सय घरको निःशुल्क बीमा

सल्यान, त्रिवेणी गाउँपालिकाले पालिकाभित्रका तीन हजार पाँच सय आवासीय घरको निःशुल्क बीमा गर्ने भएको छ। बाढी, पहिरो, भूकम्प, आगलागी, चट्याङलगायतका विपद्बाट घरमा हुन सक्ने क्षतिबाट नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले बीमा कार्यक्रम सञ्चालन गर्न लागेको हो।

कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले नेको इन्स्योरेन्स लिमिटेड, सल्यान शाखासँग सम्झौता गरेको छ। गाउँपालिका अध्यक्ष खिमबहादुर रावत, प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसी र योजना शाखा प्रमुख तिलक रावलको उपस्थितिमा नेको इन्स्योरेन्स सल्यान शाखाका प्रमुख नारायण दाहालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार बीमा कार्यक्रम २०८४ साल असार मसान्तसम्म लागू हुनेछ। कार्यक्रममा पालिकाभित्रका कच्ची तथा पक्की आवासीय गरी तीन हजार पाँच सय घरधुरी समेटिनेछन्। प्रत्येक घरको बीमाङ्क प्राविधिकबाट गरिने विस्तृत लागत मूल्याङ्कनका आधारमा निर्धारण गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष रावतले विपद्का कारण घरमा क्षति पुगेपछि नागरिकले व्यहोर्नुपर्ने आर्थिक भार कम गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। नागरिकको महत्वपूर्ण सम्पत्तिका रूपमा रहेको घरलाई विपद्बाट हुने जोखिमबाट सुरक्षित गर्न बीमा कार्यक्रमले सहयोग पुग्ने उहाँले बताउनुभयो।

प्रमुख प्रशासकीय अधिकृत केसीले प्राविधिकबाट घरको विस्तृत लागत मूल्याङ्कन गराएपछि सोही आधारमा बीमाङ्क निर्धारण गरिने बताउनुभयो। घरधुरीको विवरण सङ्कलन गरी आवश्यक प्राविधिक प्रक्रिया पूरा गरेर बीमा कार्यान्वयन गरिने उहाँले जानकारी दिनुभयो।

नेको इन्स्योरेन्स सल्यान शाखाका प्रमुख दाहालले सम्झौताअनुसार बीमा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक सहजीकरण गरिने बताउनुभयो। पालिकासँग समन्वय गरी बीमा प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ।

बीमा योजनाले बाढी, पहिरो, भूक्षय, भूकम्प, चट्याङ र आगलागीलगायतका विपद्बाट घरमा हुने क्षतिलाई समेट्नेछ।यसअघि सल्यानको शारदा नगरपालिकाले पनि आवासीय घरको निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको थियो। त्रिवेणीमा कार्यक्रम सुरु भएसँगै जिल्लामा आवासीय घरको निःशुल्क बीमा गर्ने स्थानीय तहको सङ्ख्या दुई पुगेको छ।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको