• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ ।

त्रिभुवन जनता माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा ३४५ जनाको आँखा परीक्षण गरिएकामा २०९ जनालाई चस्मा वितरण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले जानकारी दिनुभयो ।

शिविरमा २१९ महिला र १२६ पुरुषले आँखा परीक्षण गराएका थिए । पाँच वर्षदेखि ९० वर्ष उमेर समूहका नागरिक सहभागी शिविरमा पाँच जनामा मोतिबिन्दुको समस्या पहिचान भएको थियो । उनीहरूलाई थप उपचारका लागि रिफर गरिएको डाँगीले बताउनुभयो ।

हातेमालो नेपालगन्ज, रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अष्ट्रेलियाको सहकार्य तथा अष्ट्रेलियन दृष्टि विज्ञहरूको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरका लागि छत्रेश्वरी गाउँपालिकाले समन्वय गरेको थियो ।

गाउँपालिका अध्यक्ष ओजबहादुर बुढाथोकीले ग्रामीण क्षेत्रका नागरिकमा आँखासम्बन्धी समस्या भए पनि नियमित परीक्षण गराउने अवसर नपाउने अवस्था रहेको बताउनुभयो । स्थानीयस्तरमै सञ्चालन हुने यस्ता शिविरले आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचारका लागि पहल गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै सहज र गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको

११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चालु तथा पेन्डिङ मुद्दाका २६ जना अभियुक्तलाई