• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको हो।भारतको गुवा क्षेत्रबाट घर फर्किएको करिब एक सातापछि बिरामी पर्नुभएका सुनार प्रारम्भिक उपचारका लागि रामपुर स्वास्थ्य चौकी पुग्नुभएको थियो। स्वास्थ्य चौकीमा आरडीटी किटमार्फत गरिएको परीक्षणमा औलोको संक्रमण देखिएपछि थप परीक्षणका लागि उहाँलाई जिल्ला अस्पताल सल्यान पठाइएको थियो।

जिल्ला अस्पतालमा गरिएको परीक्षणबाट समेत औलो रोग पुष्टि भएको कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गोरख थापाले जानकारी दिनुभयो। स्वास्थ्यकर्मीका अनुसार भारतबाट फर्किएको करिब एक सातामै बिरामी परेकाले सुनारलाई भारतमै औलोको संक्रमण भएको हुन सक्ने अनुमान गरिएको छ।

औलो संक्रमण पुष्टि भएपछि स्वास्थ्य सेवा कार्यालय सल्यानका जनस्वास्थ्य अधिकृत तारा रिजाल, कालिमाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख थापा र प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत श्याम आचार्यसहितको टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

टोलीले संक्रमित सुनारलाई निःशुल्क औषधि उपलब्ध गराउनुका साथै उहाँको सम्पर्कमा रहेका र आसपासका क्षेत्रमा रहेका शङ्कास्पद २५ देखि ३० जनाको औलो परीक्षण गरेको थियो। परीक्षण गरिएका अन्य व्यक्तिमा भने औलो संक्रमण नदेखिएको स्वास्थ्य शाखा प्रमुख थापाले बताउनुभयो। कालिमाटी गाउँपालिकामा यसअघि पनि औलो संक्रमण देखिएको थियो। एक वर्षअघि गाउँपालिका–३ मा एक जनामा औलो संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यकर्मीले भारतलगायत औलोको जोखिम रहेका क्षेत्रबाट फर्किएका व्यक्तिमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्नेजस्ता लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने

११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चालु तथा पेन्डिङ मुद्दाका २६ जना अभियुक्तलाई