• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यान बनगाड कुपिण्डे नगरपालिका–२ मा निर्माण सम्पन्न भएको चार कोठे नवनिर्मित वडा कार्यालय भवनको एक विशेष समारोहबीच नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले समुद्घाटन गर्नुभएको छ।

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने तयारी भए पनि जग्गा व्यवस्थापन र प्रक्रियागत समस्याका कारण कतिपय वडामा निर्माण अघि बढ्न सकेको छैन ।

बागचौर नगरपालिकाका १२ वडामध्ये वडा नं. ४ को भवन निर्माण हुन बाँकी छ । नगरप्रमुख जनकराज गौतमका अनुसार वडाबाट आवश्यक फाइल प्राप्त हुन नसक्दा निर्माण प्रक्रिया अघि बढ्न नसकेको हो । वनगाड कुपिण्डे नगरपालिकाको वडा नं. ६ को भवन पनि निर्माण हुन बाँकी छ । नगरप्रमुख कर्णबहादुर बुढाथोकीले जग्गा प्राप्तिमा ढिलाइ भएकाले चालु आर्थिक वर्षमै निर्माण सुरु गर्ने तयारी रहेको बताउनुभयो ।

दार्मा गाउँपालिकाका वडा नं. २ र ६ का भवन निर्माण हुन बाँकी छन् । गाउँपालिका अध्यक्ष निमबहादुर केसीका अनुसार वडा नं. २ को भवन यसै वर्ष निर्माण सुरु गर्ने तयारी छ भने वडा नं. ६ का लागि जग्गा व्यवस्थापन हुन सकेको छैन ।

कपुरकोट गाउँपालिका–३ को भवन निर्माण हुन बाँकी छ । वडाध्यक्ष प्रदीप खड्काका अनुसार भवन निर्माणका लागि ३८ लाख रुपियाँ विनियोजन भए पनि जग्गा प्राप्त हुन नसक्दा काम अघि बढ्न सकेको छैन ।

शारदा नगरपालिकाको वडा नं. ६ को भवन निर्माणाधीन छ भने वडा नं. २ को भवन जीर्ण अवस्थामा छ । वडा नं. ४, ७ र ८ मा कच्ची भवनबाट सेवा सञ्चालन भइरहेको योजना शाखा प्रमुख केशवबहादुर बुढाथोकीले बताउनुभयो । त्रिवेणी गाउँपालिका–२ को भवन यसै वर्ष निर्माण सुरु गर्ने तयारी छ भने वडा नं. १ र ४ का भवन जीर्ण अवस्थामा छन् ।

छत्रेश्वरी गाउँपालिकाका वडा नं. १ र ४ का भवन निर्माणाधीन छन् भने वडा नं. ५ को भवन निर्माण सम्पन्न भइसकेको छ । सिद्धकुमाख गाउँपालिका–१ को भवन निर्माणको काम करिब ९० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष भरत गिरीले बताउनुभयो । उहाँका अनुसार दसैँ र तिहारबिच नयाँ भवनबाट सेवा सुरु गर्ने तयारी छ ।

कालीमाटी र कुमाख गाउँपालिकाका सबै वडाका आफ्नै भवन छन् । जिल्लाका केही वडा कार्यालयले भने अझै साबिकका गाविसका भवनबाट प्रशासनिक सेवा सञ्चालन गर्दै आएका छन् । स्थानीय तहका अनुसार भवन निर्माणमा जग्गा अभाव, बजेट व्यवस्थापन र प्रक्रियागत ढिलाइ मुख्य समस्या देखिएका छन् ।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको

११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चालु तथा पेन्डिङ मुद्दाका २६ जना अभियुक्तलाई