सल्यानमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो
सल्यानमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइयो
सल्यान — सल्यानमा विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइएको छ। संविधान दिवस जिल्ला स्तरीय मूल समारोह समितिको आयोजनामा सनिबार सदरमुकाम खलंगामा ¥यालीसहित प्रभातफेरी निकालिएको हो।
पुरानो बसपार्कबाट सुरु भएको प्रभातफेरी ठन्डीसडक, पुरानो नेपाल बैंक, हुलाक रोड हुँदै पुनः पुरानो बसपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रभातफेरीमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारलगायतको सहभागिता थियो।कोणसभामा बोल्दै संविधान दिवस जिल्ला स्तरीय मूल समारोह समितिका अध्यक्ष बेलाराम रावलले नेपाली जनताले आफ्नै सहभागितामा निर्माण गरेको संविधानको कार्यान्वयनमा देखिएका कमजोरी सुधार गर्न सबै निकाय जिम्मेवार बन्नुपर्ने बताउनु भयो । संविधानले व्यवस्था गरेका अधिकार र व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेको उहाँले बताउनु भयो ।
जिल्ला समन्वय समितिका उपप्रमुख असवीर बुढाथोकीले विभिन्न आन्दोलन, त्याग र तपस्याबाट संविधान निर्माण भएकाले यसको सम्मान र संरक्षण सबैको दायित्व भएको बताउनु भयो । संविधानले नागरिकका विभिन्न हक तथा अधिकार सुनिश्चित गरेकाले यसको कार्यान्वयनमा सबैले ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीले संविधानले लोकतन्त्र, गणतन्त्र, समावेशीकरण र धर्मनिरपेक्षतालाई संस्थागत गरेको बताउनु भयो ्। संविधान कानुनी दस्तावेज मात्र नभई नागरिकका हकअधिकार सुनिश्चित गर्ने मार्गदर्शक दस्तावेजसमेत भएकाले यसको पालना सबैले गर्नुपर्ने उहाँले बताउनु भयो । राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानका सभापति प्रकाश नेपालीले संविधान निर्माणका क्रममा घाइते तथा अपांग भएका योद्धाहरूको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने बताउनु भयो । संविधानले नागरिकका धेरै अधिकार समेटेकाले त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उनले बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी सल्यानका सहसंयोजक रमेशकुमार गौतमले विभिन्न राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै संविधानको सही कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नेपाली जनताको त्याग, तपस्या र बलिदानीबाट संविधान निर्माण भएकाले यसको विशेष महत्व रहेको उहाँले बताउनु भयो ।नेपाल बार एसोसिएसन सल्यानका सचिव विष्णु शर्माले संविधानको रक्षा र प्रभावकारी कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयो । गैरसरकारी संस्था महासंघ सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले लामो संघर्ष र जनताको त्यागपछि मुलुकले संविधान प्राप्त गरेको भन्दै यसको संरक्षण र कार्यान्वयनमा सबैको भूमिका आवश्यक रहेको बताउनु भयो ।
दिवसकै अवसरमा शुक्रबार जिल्ला अस्पताल सल्यानमा उपचाररत बिरामीलाई फलफूलसमेत वितरण गरिएको थियो। मूल समारोह समितिले अस्पतालमा उपचाररत ३२ जनाभन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको जनाएको छ।
छत्रेश्वरीमा २०९ जनालाई चस्मा
सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ
सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी
सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने
कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि
सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको
प्रतिकृया दिनुहोस