• बिहीबार ६-८-२०८३/Thursday 09-24-2026

११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालय सल्यानले एक महिनाको अवधिमा ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले चालु तथा पेन्डिङ मुद्दाका २६ जना अभियुक्तलाई समेत पक्राउ गरेको जनाएको छ ।

आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा सम्पादन भएका कार्यको प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सल्यानले भदौमा १८ वटा नयाँ मुद्दा दर्ता भएको जनाएको हो । दर्ता भएका मुद्दामध्ये जघन्य तथा गम्भीर अपराधतर्फ छ, आर्थिक अपराधतर्फ एक, सामाजिक अपराधतर्फ दुई र अन्य नौ वटा रहेका छन् ।

प्रहरीका अनुसार भदौमा चालुतर्फ तीन जघन्य, एक गम्भीर र चार सामान्य गरी आठ तथा पेन्डिङतर्फ एक जघन्य र एक गम्भीर गरी दुई मुद्दा फर्छ्यौट भएका छन् । चालु तथा पेन्डिङ मुद्दामा पक्राउ परेका २६ जनामध्ये १२ जना जघन्य अपराध, एक जना गम्भीर र १३ जना सामान्य प्रकृतिका मुद्दाका अभियुक्त रहेका छन् । सवारी ज्यानसम्बन्धी मुद्दाका दुई जना अभियुक्त भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भदौमा पक्राउ परेका ११ जना फरार प्रतिवादीबाट दुई वर्ष एक महिना चार दिन कैद सजाय र तीन लाख ७४ हजार रुपियाँ जरिवाना असुल गर्नुपर्ने रहेको छ ।

यसैगरी, भदौमा जिल्लाभित्र १५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी छ जनाको मृत्यु भएको र २१ जना घाइते भएको प्रहरीले जनाएको छ । सडक सुरक्षाका लागि गरिएको नियमित चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने २१८ वटा सवारीसाधनलाई कारबाही गरी दुई लाख दुई हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन गरिएको छ ।

नदीजन्य पदार्थको अवैध उत्खनन तथा तस्करी नियन्त्रणका क्रममा प्रहरीले चार वटा टिप्पर र तीन वटा ट्याक्टर गरी सात वटा सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले अवैध हातहतियार तथा लागुऔषध नियन्त्रण अभियानअन्तर्गत वनमा लुकाएर राखिएका सात नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ । यस्तै, १४० मिलिग्राम खैरो धुलो पदार्थ (ब्राउन सुगर) सहित एक जना युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भदौमा जिल्लाबाट तीन महिला, तीन पुरुष र दुई बालिका गरी आठ जना हराएको निवेदन परेको थियो । प्रहरीले खोजी गरी आठै जनालाई सुरक्षित रूपमा फेला पारेर आफन्तको जिम्मा लगाएको जनाएको छ । यस्तै, शारीरिक तथा मानसिक प्रकृतिको घरेलु हिंसासम्बन्धी परेको एउटा उजुरीमा दुवै पक्षलाई राखी छलफल गराएर मिलापत्र गराइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

छत्रेश्वरीमा २०९ जनालाई चस्मा

सल्यानको छत्रेश्वरी गाउँपालिका–६ भोटेचौरमा सञ्चालित निःशुल्क आँखा शिविरमा आँखा परीक्षण गराएका ६१ प्रतिशतभन्दा बढीलाई चस्मा आवश्यक देखिएको छ

सल्यानका ११ वडा कार्यालय भवन निर्माण हुन बाँकी

सल्यानका १० स्थानीय तहका ८३ वडामध्ये ११ वटा वडा कार्यालयका प्रशासनिक भवन निर्माण हुन बाँकी छन् । केही वडामा चालु आर्थिक वर्षमै भवन निर्माण सुरु गर्ने

कालिमाटीमा एक जनामा औलो संक्रमण पुष्टि

सल्यानको कालिमाटी गाउँपालिकामा एक जनामा औलो रोग पुष्टि भएको छ। कालिमाटी गाउँपालिका–४ का २७ वर्षीय मेघराज सुनारमा औलो संक्रमण पुष्टि भएको